शहीद स्मारक ए डिभिजन लिग : सङ्कटा क्लब एफसी खुमलटारसँग ३-० ले विजयी



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा सङ्कटा क्लबले आइतबार एफसी खुमलटारलाई ३-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटालाई जित दिलाउन निशान खड्काले १६औँ, आयुष घलानले ३८औँ र चन्दन दासले ७८ औँ मिनेटमा गोल गरेका हुन् ।

२४ खेलबाट सङ्कटा ३० अङ्क जोड्दै एक स्थान सुधार गरेर ११औँ स्थानमा उक्लेको छ । आर्मी, एपीएफ र एनआरटीको पनि ३० अङ्क नै रहे पनि सङ्कटा हेड टु हेडमा पछि छ । खुमलटार भने लिगमा दुई खेल बाँकी रहँदा २४ अङ्कसहित पुछारमा छ र रेलिगेसनबाट बच्न सङ्घर्षरत छ ।

प्रतिक्रिया दिनुहोस्