नेप्सेमा गिरावट 



काठमाडौँ । साताको पहिलो दिन भारी अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज सोमबार सामान्य अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक १७.३८अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १९०१.९९ को विन्दुमा पुगेको छ । आज फ्लोट इन्डेक्स १.२० अङ्क र सेन्सेटिभ इन्डेक्स ०.८२ अङ्क घटेको छ ।

आज बजार ओरालो लागे पनि कारोबार रकम भने उकालो लागेको छ । हिजो १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार रिभर फल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको  छ । सो कम्पनीको सेयर मूल्य यस दिन २६ रुपैयाँ ८० पैसा बढेर २९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र गोर्खाज फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी उकालो लागेको छ । आज शिवम् सिमेन्ट्सको सेयर मूल्य सर्वाधिक ४.५० प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २।४६ प्रतिशत घटेको छ त्यसैगरी, यस दिन विकास बैङ्क, वित्त, जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्