कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत थाल्ने माओवादी केन्द्रको निर्णय



काठमाडौँ । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गर्ने भएको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ ।  बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन । माओवादी केन्द्रका केही नेताहरू भने अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा नरहेको बताइएको छ ।

कोशी प्रदेशसभामा ९३ जना सांसद रहेका छन् । राप्रपा र एमाले बाहेकको सरकार बन्ने अवस्थामा पनि सभामुखसहित हुँदा बहुमत ४७ सांसद पुग्छ तर, विश्वासको मत दिने बेलामा सभामुखले नहाल्दा ४६ मात्रै पुग्छ ।

प्रतिक्रिया दिनुहोस्