दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११:११ बजे बस्दै छ। प्रतिनिधिसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ।

आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन। सोमबारको प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो।

आजै बस्ने आजको राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बजेटपछिको राष्ट्रिय सभा पनि प्रतिनिधिसभा जस्तै अवरुद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्