काठमाडौं महानगरले सार्वजनिक गर्‍यो छात्रवृत्ति नदिने ३४२ विद्यालयको सूची



काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची सार्वजनिक गरेको छ। महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो।

उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ। हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो।

ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ। त्यसो नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिइएको छ।

यी हुन विवरण उपलब्ध नगराउने विद्यालय

प्रतिक्रिया दिनुहोस्