राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बिहानका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ : ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो। साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो।

प्रतिक्रिया दिनुहोस्