धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता



काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता आएको छ।

‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फिलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको बताए। उनका अनुसार उक्त जहाज काठमाडौंमा सुरक्षित रूपमा अवतरण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्