सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो। आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार उक्त सुन तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्