
काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने भएको छ । काँग्रेस संसदीय दलको मङ्गलवार बसेको बैठकले आफ्नै नेतृत्वको सरकार निर्माणको पहल गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा सरकार निर्माण को तयारी थाल्ने निर्णय गरेको छ ।