सेयर बजारमा दोहोरो अङ्कको सुधार 



काठमाडौँ । साताको तेस्रो दिन आज मङ्गलवार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले उकालो लागेको छ । आज नेप्से २५‍‍.६६ अङ्क उकालो लागेको हो । आज बजार उकालो लागेसँगै १९२७.६५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.८७ अङ्कले, फ्लोट इण्डेक्स १.७७ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अङ्कले उकालो लागेको छ ।

सेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको हो । बजारसँगै आज कारोबार रकम पनि उकालो लागेको हो । आज २६९ स्टकको ३६ हजार ११८ पटकको कारोबारमा १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको ५५ लाख ४१ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज होटेल तथा पर्यटन उपसमूहमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ । १३ उपसमूहमध्ये यस दिन होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । आज निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ । यस दिन वित्त, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मङ्गलवार न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ । भने, सोल्टी होटेलको सेयर मूल्य ८.७५ प्रतिशत बढेको छ ।कारोबार रकमका आधारमा आज सोल्टी होटेल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्