
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेको दुई जना मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनलाई फिर्ता लिएसँगै मन्त्रीहरूले पनि राजीनामा दिएका हुन् ।
माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईँ र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
यसअघि माओवादीको कोशी प्रदेश संसदीय दलले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कोशी प्रदेशमा एमालेको सरकार अल्पमतका परेको छ । कोशीमा माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्नो आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गर्ने निर्णय गरेका छन् ।