‘गाँजा खेती कसलाई चाहियो’



काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने आवश्यक नरहेको बताएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भाव्य अध्ययन गरिने बताएकोमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै संसद्मा एमालेका अध्यक्ष केपी शर्मा ओली भने, ‘‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती रु यो कसका लागि गाँजा खेती रु अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो रु’

गाँजा खेतीको पछाडि व्यक्तिहरू रहेको र उनीहरूले वैधानिकता खोजिरहेको ओलीको आरोप रहेको छ । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

संसद्मा बोल्दै ओलीले सरकारको निगरानीमा गाँजा खेती गरिने भन्नु अनौठो विषय भएको टिप्पणी गरे । उनले भने, ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो?’ । ओली गाँजाको विषय जनताको विषय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्