एमालेले ७० वर्षे उमेर हद हटायो 



काठमाडौँ । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो ।

 तत्काललाई मात्रै यो व्यवस्था हटाइएको एमालेले जनाएको छ । ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका जनाइएको छ । केन्द्रीय समितिमा मनोनीतमा उमेर हदको सवाल आएपछि एमालेले उक्त निर्णय गरेको हो ।

नेताहरू महाधिवेशनको निर्णय बैठकले काट्न नसक्ने भएकाले तत्काललाई निलम्बन गर्ने विकल्प अपनाइएको बताइएको छ । एमालेले २०६५ सालको आठौँ महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । यो व्यवस्था व्यवहारतः २०५९ सालको सातौँ महाधिवेशनबाटै सुरु भइसकेको थियो ।

 स्थायी कमिटीले निलम्बन गरेको उमेर हदको व्यवस्था विधान महाधिवेशनले खारेज गरेमा ओलीलाई पनि तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्