क्यानडाको डढेलोका कारण अमेरिकामा पनि वायु प्रदूषण



काठमाडौँ । क्यानडाको जङ्गलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदूषण बढेको छ। आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदूषित वायु भएको सहर भएको छ।

मङ्गलवारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ। द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वायु प्रदूषण खतरापूर्ण रहेको सजगता अपनाउन नागरिकहरूलाई सूचना जारी गरेका छन्। उत्तरी अमेरिकाका विभिन्न सहरमा केही दिन देखि तुवाँलो लागेको छ।

क्यानडाका ओन्टोरियो, ओटावा र टोरोन्टो सहरलाई पनि प्रदुषणको वायुले ढपक्कै छोपेको छ। ओन्टोरियो क्षेत्रमा अहिले १६० भन्दा बढी ठाउँमा डढेलो लागेको बिबिसीले उल्लेख गरेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्