प्रचण्डदेखि पन्डासम्मका कुरा



अच्युतप्रसाद पौडेल ‘चिन्तन’, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हाम्रो जनकपुरमा भ्रमण गराउँदा ओली बा पन्डा बनेका थिए । तर, त्यति ठुलो चर्चा भएन । किनकि उनी पशुपति सुन जलहरीका नायक पनि हुन् र ठोरीमा अयोध्या देखाइदिन्छु भन्ने व्यक्ति पनि । प्रचण्डले भारतको महकालेश्वरमा आफूलाई पन्डा बनेर देखाइदिँदा स्पष्टीकरण दिँदैको हैरान छ । किनकि उनी क्रान्तिकारी हुन् । उनको पहिलो स्पष्टीकरण थियो– अरबभन्दा बढी हिन्दुहरूको मनमा चोट लाग्थ्यो रे । विश्वको शिर भाग यहाँको पशुपतिमा सायद उनको उपस्थिति छ कि छैन थाहा छैन, तर उनी र उनी समर्थकको आह्वानमा भएको सशस्त्र युद्धमा १७ हजार नेपाली भने बोका बनेकै हुन् ।

प्रचण्डको नाम पुष्पकमल । आहा ! कति मिठो र रसिलो । र त उनी बेलाबेला भावुक भइदिन्छन् र अरूले जता हल्लायो उतै हल्लिन्छन् । छिमेकी खुसी गराउनुपर्दा म त क्रान्तिकारी हूँ, मन्दिर जान्न भन्न सक्दैनन् । कूटनीतिक मर्यादा बिर्सेर परराष्ट्रका प्रतिनिधि सँगै राखेर वार्ता, भेट गर्नुपर्नेमा नानीलाई लिएर भेटवार्ता गर्छन् ।

देउबा, ओलीबाझैँ नानीका बा पनि भइदिन्छन् । गिरिजाले सुजाता लिएर जान्थे, ओलीबाले स्पाउस् लग्न पाइन्छ । तर, छोरी किन लगेको औपचारिक बैठकमा पनि भन्न भ्याए । त्यसो त नानीका बा कांग्रेस हुन पनि तयार छन्, सिद्धान्त बिर्सेर रूखैमा आफ्ना कार्यकर्तालाई भोट हाल्न लगाउँछन् अनि रूखलाई फकाएर हँसिया हथौडामा भोट हाल्न पनि लगाउन सक्छन् ।

उनी यति चतुर छन् कि समय अनुसार बुद्धिस्ट, क्रिस्चियन, मुस्लिम, सबै भइदिन्छन् । त्यही भेषमा सजिएको देखिन्छ, परिवेशअनुसार । अझ एक कदम अगाडि भन्नुपर्दा कांग्रेस, कम्युनिस्ट, क्रिस्चियन कनेक्सन र कोरिलेसन छ देशमा । त्यसैले पन्डा बनेका प्रचण्ड भन्छन्– कांगे्रसका परराष्ट्रमन्त्रीले १०८ किलो रुद्राक्ष ल्याइदिएपछि मैले नछुने कुरै भएन । पत्नी सीताको रोग निवारण हेतु महाकालेश्वर पूजाका लागि कूटनीति, परराष्ट्र संयन्त्र सबै सन्निहित हुन्छ हाम्रो देशमा ।

हिन्दु राजालाई बोलाई पटक–पटक भारतका सबै क्षेत्रमा अभिनन्दन गराउने भारतीय जनता पार्टी नेतृत्वको सरकारले भारतलाई विगत १ दशकमा विकासको चुलीमा उठाउँदै छ र अर्थतन्त्रमा विश्वको चौथो अब्बल दर्जामा पु¥याउन र विकासशीलबाट विकसितको दर्जामा आफूलाई दर्ज गर्न लागेको छ । देशलाई धर्मबाट तटस्थ राख्ने गरी यहाँ रातारात पश्चिमाहरूको इसारामा धर्म निरपेक्ष घोषणा भए पनि कोही ठोरी अयोध्या भन्दै, पशुपतिमा सुनको जलहरी देशकै ढुकुटीबाट खर्चिन्छन् । कोही क्रान्तिकारीहरू पन्डा नै बनिदिन्छन् । ओलीबाका सन्तानहरू, सभामुखलगायतले राष्ट्रलाई धर्मनिरपेक्ष गराउने नेतृत्व लिन्छन्, तिनै फेरि राष्ट्रपतिको उम्मेदवारी दिनासाथ पशुपति प्रार्थना गर्न मन्दिर पुग्छन् । अनि क्रान्तिकारीको टेको लिएर शीतल निवास पुगेका रामचन्द्र बा पशुपति, स्वयम्भू, कुमारी भेट, गोरखनाथ दर्शन सबै भ्याइदिन्छन् ।

अहिलेका बाहरूले चालु राजनीतिक प्रणाली ल्याउनुअघि काजकिरियामा बसेकालाई बाहिर निकालेर हत्या गरे । हिन्दु धर्मको मूल स्रोत संस्कृतका पुस्तक जलाए, धर्म प्रचार गर्दै समाज सेवा गर्नेलाई सहिद बनाए । पशुपतिमा पूजा रोकियो, भट्ट विवादले उत्कर्ष रूप लियो, गाई गोरुको आन्द्रा झिकेर मन्दिरमा झुन्ड्याइयो । हनुमाढोकाको कुमारी पूजामा व्यवधान भयो, गाई काटेर मासु खुवाउन लगाइयो, जनै छिनाइयो । यस्ता धेरै कार्य बाहरूकै निर्देशनमा भए । अहिले आपैmँ पन्डा भएर मन्दिर धाउँदै छन्, बहुरूपी चरित्र देखाउँदै छन् । मोदी आएर ससंद्मा भाषण गर्दा सभासदहरूलाई ऋषिमन गर्न आह्वान गरेका थिए । तर, ऋषिमन होइन ‘सिसीमन’ गर्दै संविधान जारी भयो, देशले खपिनसक्नु नाकाबन्दी बेहोर्नुप¥यो ।

हिन्दु बाहुल्य र तथ्यांक

साविकमा जनगणनाको तथ्यांक निकाल्ने काम राष्ट्रिय योजना आयोगअन्तर्गतको तथ्यांक विभागले गथ्र्यो । संघीयताको कार्यान्वयनसँगै ओली बाले आफ्नै मातहत राख्ने गरी तथ्यांक कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत राखे । इतिहासमै २०७८ सालको राष्ट्रिय जनगणना तोकिएको समयमा हुन सकेन र धेरै समयपछि गणनाको परिणाम सार्वजनिक गर्दा धर्मका बारे मौन रहेको पाइयो । भर्खरै छुट्टै ढंगबाट यसको परिणाम सार्वजनिक गरिएको छ, जसमा नेपाली जनता हिन्दु समर्थक ८१.१९ प्रतिशत, बौद्ध धर्म समर्थक ८.२१ प्रतिशत, किराँत ३.१७ प्रतिशत, प्रकृति पूजक ०.३५ प्रतिशत, जैन समर्थक ०.०१ प्रतिशत, शिख समर्थक ०.०१ प्रतिशत भनौँ यी सबै ओमकार परिवारभित्र रहेकाको ९३ प्रतिशत देखिन्छ । इस्लामिक ५.०९ प्रतिशत र क्रिश्चियनहरूको १.७६ प्रतिशत उपस्थिति देखाइएको छ ।

युरोप, अमेरिकालगायत कैयौँ देशमा कुरान, बाइबल छोएर ओहोदाको शपथ लिइन्छ । यहाँ पूर्णतः धार्मिक देशमा शपथ लिँदा वेद, गीता, पुराण, धार्मिक ग्रन्थको सहारा लिइएन र समाज निष्ठामा मात्रै नरहेको होइन, स्वयं केन्द्रीय नेतृत्व नै मानव बेचबिखनमा मुद्दा खेप्दै छ । ३ चुच्चा मिलेर अनैतिक गाँठोलाई बलियो पार्ने काम भएको छ । फुटाऊ र राज गर भन्ने सिद्धान्तलाई अंगीकार गरिएको छ । कांग्रेसको ढोकाबाट अर्थविद् स्वर्णिम वाग्ले बाहिरिएका छन् भने देउवा र गगनको जुहारी चल्दै छ । प्रधानमन्त्रीको दाबेदार भन्दै काठमाडौँ–४ का जनतालाई झुक्याएर संसद् छिरेका गगनले अब रास्वपाको सहारा लिए भने अनौठो मान्नु पर्दैन । देउवाले कांग्रेस फुटाएरै आजको अवस्था सिर्जना भएको हो ।

नागरिकता र भैँसी

पन्डा प्रधानमन्त्री जम्बो टोलीका साथ तीर्थयात्रा गर्ने क्रममा एयरपोर्ट पुग्न नपाउँदै नागरिकता विधेयक छाप लागेको विषयले आमनेपाली तीनछक छन् । सबैतिरको मिलेमतो देखेर, सामाजिक सञ्जाल तात्दै किस्तीमा नागरिकता उपहार लिएर प्रधानमन्त्री दक्षिणतिर उडे भनियो । विधेयकमा छाप हान्नासाथ राष्ट्रपतिलाई के कस्तो तरिकाले अभिनन्दन गर्ने भन्दै मधेस प्रदेशले सर्वदलीय बैठकसमेत आह्वान ग¥यो । के कुन प्रयोजनका लागि विधेयक प्रमाणीकरण भएको भन्ने कुरा बुझ्नलाई अब दिमाग खियाउनुपरेन । अदालतबाट नागरिकता विधेयक कार्यान्वयन नगर्न आदेश आउनासाथ वीरगन्ज, जनकपुर क्षेत्र तनावग्रस्त छ ।

विधेयकलाई लिएर प्रतिनिधिसभा तातेको छ, नागरिक अगुवाहरू सडकमा छन्, महामहिमहरूको पुतला दहन समेत भएको छ । असंवैधानिक तरिकाले राष्ट्रपतिबाट नागरिकता विधेयकमा छाप हानियो, त्यो पनि लोकतन्त्रमा चालु संसदलाई बिर्सेर मन्त्रिपरिषद्को सिफारिसमा भन्नेहरूको बाक्लो भीड छ देशमा ।

संयोग पनि अचम्मको छ, यहाँका नेताहरूले भैँसीको पूजा गरे । पन्डा प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि मुर्रा जातिको भैँसी उपहार पनि भएको छ । भैँसी उपहारबारे साह्रै धेरै आलोचना भइरहँदा कृषि मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले नश्ल सुधारका लागि विकासे मुर्रा राँगो ल्याउन लागेको स्पष्टीकरण दिएको छ ।

र, अन्त्यमा

देशलाई यति खर्चिलो संघीयता, गणतन्त्र आवश्यक हो कि होइन छलफल र बहस कतै भएन, न यत्रो जनसांख्यिक ओमकार परिवारभित्र रहेको देशमा धर्म निरपेक्ष गर्दा जनमत संग्रह नै गरियो । पछिल्ला दिनमा राष्ट्रिय ढुकुटी धर्मकै नाममा बढी खर्चिएको अवस्था छ भने विश्वकै एकमात्र मौलिक हिन्दुधर्मी देश नेपालको अस्तित्व बचाइराख्दा कसैलाई कुनै घाटा थिएन, बरु हिन्दु बुद्धिस्टहरू संसारबाट यहाँ भ्रमण गर्दा पर्यटकहरूको घुइँचो नै बढ्थ्यो । पन्डाको वस्त्र धारण गर्ने देशमा पापीहरूको संख्या बढाउँदै जाने हो भने देशको भविष्य राम्रो हुन्न, टोलैपिच्छे ठुला मन्दिर बन्ने पालिकाहरूले धेरै बजेट यस्तैमा हाल्ने अनि घरघरमै पापीको संख्या वृद्धि हुने हो भने हजाराँै थान कानुन बनाए पनि काम केही हुन्न । वेद अनि बुद्धको भूमि नेपाल आपैmँमा धर्म र न्यायले रक्षित देश हो, यो कुरा विदेशीले बुझेका छन् हाम्राले बुझ्न सकेनन् बा बुझेर पनि बुझ पचाए ।

प्रतिक्रिया दिनुहोस्