कोशी प्रदेशका उपसभामुख र एमाले नेतामाथि पहिचान पक्षधरहरूको दुर्व्यवहार 



काठमाडौँ । कोशी नामाकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका गरेको छ । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल एकालेका विभिन्न नेताहरूमा माथि विभिन्न समय र स्थानमा विरोध स्वरूप यस्ता कार्यहरू निरन्तर भइरहेका छन् ।

उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताए ।  रानाले आफू सवार गाडीमा कालो मोबिल पोखिएको जानकारी गराएका छन् ।

उनले भने, ‘इलामबाट भित्रिबाटो तराई फर्कँदै थिएँ मुढाले बाटो छेकेर गाडीमा मोबिल हाले । शान्तिपूर्ण आन्दोलन भन्थे तर त्यस्तो देखिएन ।’ आन्दोलनकारीले ढुङ्गा पनि प्रहार पनि गरेको जनाइएको छ ।

पहिचान पक्षधरका कार्यकर्ताले उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारमाथि पनि दुर्व्यवहार गरेका छन् । उनी चढेको गाडी रोकेर दुर्व्यवहार गर्न खोजेपछि चालकले गाडी अगाडि बढाएका थिए । त्यस क्रममा पहिचान पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए । फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेका विभिन्न राजनीतिक दल र जातीय सङ्गठन आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्