कोशीमा आन्दोलन भड्काउनमा प्रधानमन्त्री प्रचण्डको हात रहेको अध्यक्ष ओलीको आरोप 



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीद प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाएका हुन् ।

ओलीले भने, ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने ।’ ओलीले कोशीमा भइरहेको आन्दोलनको प्रतिवाद गर्ने पनि बताएका छन् ।

 ओलीले भने, ‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा, हाम्रो कार्यकर्ताको रक्षा हामी आफैँले गर्नुपर्छ भने। गुन्डाहरू न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’

बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरूले दुर्व्यवहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्