नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै थापाले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् ।

पत्रकारहरूसँगको कुराकानीमा थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने बताए ।

थापाले काँग्रेस भित्रपरिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताए । उनले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनः विचार गर्न र पार्टीलाई ठिक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारलाई जनतामा अनुभूति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले काँग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्