लुम्बिनी प्रदेशको नीति कार्यक्रम (पूर्ण पाठसहित)



काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति रोजगारी प्राथमिकतामा राखिएको छ । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम मार्फत बेरोजगार युवा शक्ति सीपमूलक तालिम गरी रोजगारी सिर्जना गर्ने, ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रममा अन्तर्गत दुई वर्षमा दुई लाख रोजगारी सिर्जना गर्ने, बेरोजगारको यथार्थ विवरण सङ्कलन गरी सिप मुलुक तालिम तथा उद्यमशीलतासँग जोड्दै रोजगारी प्रदान गर्ने, मुक्त कमैया, भूमिहीन, मुसहर, बादी र चिडीमार जस्ता समुदायका एक हजार परिवारलाई कृषि तथा पशुपालनमा जोडेर आयआर्जन जोड्दै स्वरोजगार बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ५० शैयका अस्पतालमा पूर्वाधार तथा विशेषज्ञ सेवा विस्तार गर्ने, दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती महिलालाई निःशुल्क हवाई उद्धार गर्ने, सरकारी तथा सामुदायिक स्वास्थ्य संस्था मार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइने, दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवा सहित स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रदेश प्रमुख शेरचनले बताए ।

त्यस्तै सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार र सहिद एवम् बेपत्ता पारिएका व्यक्तिका परिवारको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ । पर्यटन तर्फ प्रदेशका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक सम्पदा एवं पुरातात्त्विक र पर्यटकीय स्थलको पूर्वाधारको विकास, संरक्षण, प्रवर्धन गर्ने नीति छ ।

पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्