नेपालले गाँजालाई विदेशीले रोक्नु भनेपछि रोक्यौँ, नत्र हाम्रो संस्कृति नै थियो



काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ठुला देशहरूले गाँजामा प्रतिबन्ध लगाउन आग्रह गरेपछि  मात्रै नेपालले गाँजामा प्रतिबन्ध लगाएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै महतले अर्थमन्त्री महतले भने। गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौँ भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको बताए । नेपाललाई रोक्न दबाब दिने मुलुकहरूले अहिले खुला गरेर विजशेन गरिरहेको बताए।

उनले भने , ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक। नत्र हामी साहायतै दिन्नौँ भन्यो। अलि अलि साहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौँ । नेपाललाई रोक्न दबाब दिनेहरूले नै गाँजा खेती खुला गरेर बिजनेस गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको महतको भनाइ रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ । गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । बजेटमाथिको छलफलमा कतिपय सांसदहरूले प्रश्न उठाएका थिए ।

जवाफ दिँदै अर्थमन्त्री महतले विदेशी रोक्नु भनेपछि रोकिएको नत्र नेपालमा गाजाँको संस्कृति रहेको बताए । उनले भने, ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त । हाम्रो संस्कृसत देखि नै चलिआएको कुरा हो । अरूले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौँ ।’

ठुला देशहरूले औषधिको लागि भनेर गाँजा खेती गरिरहेको पनि उनले सुनाए । उनले भने, ‘अहिले उनीहरूले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठुलो बिजनेस गरिराख्या छ । आफैँले छोडिसक्यो ।’

ठुला देशले गाँजा खेती गरेर बिजनेस गरिरहेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेकोले खोल्न हुन्न भन्ने बहस गर्नु उचित नरहेको महतको भनाइ रहेको छ । गाँजा खेतीबाट नेपालको आर्थिक विकास हुने महतको धारणा रहेको छ । उनले नेपालमा गाँजालाई कसरी उपयोग गर्ने  भन्ने विषयमा सोच्न आजको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्