गभर्नर अधिकारी र विश्व बैङ्क दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैङ्कको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता भएको छ ।

गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक  कार्यदिशाका विषयमा छलफल भएको छ ।

भेटमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकरण, नियामकीय र सुपरिवेक्षकीय  सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको  विकासलगायत नेपाल राष्ट्र बैङ्कका नीतिगत  प्राथमिकताबारे जानकारी गराए ।

सो अवसरमा उपाध्यक्ष रेजरले राष्ट्र  बैङ्कले अवलम्बन गरेको मौद्रिक नीति र अन्य  नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व  बैङ्कले सकारात्मक रूपमा लिएको बताएका छन् ।

नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रिन फाइनान्स र लघुवित्तको प्रवर्द्धन, विद्युतीय  भुक्तानीको प्रवर्द्धन तथा सम्पत्ति शुद्धीकरण  निवारणमा आवश्यक सहयोग गर्न विश्व बैङ्क  प्रतिबद्ध रहेको धारणा उनले राखेको राष्ट्र बैङ्कले जनाएको छ । भेटका मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति,  आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको छ ।

भेटका अवसरमा डेपुटी गभर्नरद्वय डा नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै  बैङ्कका उच्च अधिकारीहरू, विश्व बैङ्कका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स  म्यानेजर लादा स्टे«लकोभा, अन्तर्राष्ट्रिय वित्त  निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख  फायलगायतका अधिकारीको उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्