सामाखुसी कंक्रिट संरचनामा महानगरको डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचनामा डोजर चलाएको छ । वसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुसी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो ।

शुक्रबारदेखि महानगरपालिकाले सामाखुसी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरू हटाउन सुरू गरेको हो ।

खोला सतहमाथि क्रिकेटले ढाकेका ५–६ किलोमिटर जति ठाउँहरू हटाउनुपर्ने देखिएको र वसुन्धराबाट हटाउन सुरु  गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।

सामाखुसी खोला किनारमा स्थानीयले घर बनाउँदा सडकका लागि छोड्नुपर्ने ४ मिटर क्षेत्र नछोडीकन घर बनाएर खोला माथि स्ल्याब ढलान राखेर बाटोको रूपमा प्रयोग गरेकाले उक्त संरचनाहरू महानगरले हटाउन लागेको हो  ।

प्रतिक्रिया दिनुहोस्