जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दै छ। दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक डाकिएको पार्टी चार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ।जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ।

यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्