पोखरीमा डुबेर जाजरकोटमा २ बालकको मृत्यु



सुर्खेत । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए।

उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो। तर, दुई जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापा नेपालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्