एन्फा निर्वाचनमा लाखाैं अनियमितता भएकाे अाराेप



काठमाडाैं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ ।

 

एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाए ।

 

एन्फा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । कुवँरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पङ्कज नेम्बाङलगायतले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाए । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपका बारेमा प्रमाणसहित फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)मा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी गराए ।

 

यता, एन्फा प्रवक्ता किरण राईले लगाएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती दिएका छन् । प्रवक्ता राईले भने, “तत्कालीन अवस्थामा उहाँहरूकै नेतृत्वले निर्वाचन कमिटी गठन गरेको हो, त्यही कमिटीले गरेको निर्वाचनलाई गलत व्यख्या गर्नु ठीक होइन ।”

 

अदालतको विषयमा बोल्नु अदालतको मानहानि भएकाे भन्दै उनले निर्वाचन भएको पाँच महिनापछि निर्वाचित कमिटीमाथि विभिन्न आरोप लगाउनु हार मानसिकताको उपजबहेक अरु केही नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा

स्याङ्जा : स्याङ्जाको दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काठमाडौं : नेपाल–चीनबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तरम्भ ५८ वर्षपछि फेला परेको छ । ५८

वीरगञ्ज : डा. गोविन्द केसीमाथि अभद्र व्यवहार गरेको भन्दै वीरगञ्जका चिकित्सकहरुले विरोध गरेका छन् ।

सप्तरी : कोरोना संक्रमणबाट सप्तरीमा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन

स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८

चितवन : लगातारको वर्षाको कारण नारायणी नदीमा बाढी आएको छ भने चितवनको जनजीवन प्रभावित भएको

बुटवल : कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना