जनकपुरधाम : आइतबार बसेको धनुषा जिल्ला सुरक्षा समिति बैठकले जिल्लामा डीजे बजाउन रोक लगाएको छ ।
डीजेको आवाजले स्वस्थ्यमा प्रतिकूल असर पारेको भन्दै धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले रातको समयमा चर्को आवाजमा लाउडस्पिकर बजाउन पनि रोक लगाएको बताएका छन् ।
नियम उल्लघंन गर्नेलाई कानुनी दायरामा ल्याइने पनि सीडीओ कँडेलले बताए । विवाहपञ्चमीलाई ध्यानमा राखी जानकी मन्दिर परिसरमा फोहोर नगर्न तथा खाडल पुर्न, टेलिफोन, विद्युत् तथा देश विदेशबाट आउने तीर्थयात्रीको सुरक्षाका लागि तत्काल आकस्मिक सेवा, हवाई तथा सडक यातायात सुचारु गर्ने बैठकले निर्णय गरको छ ।
साथै धर्मशाला तथा अतिथिको बासस्थान मिलाउने विषयमा पनि बैठक केन्द्रित थियो ।