डीएसपीले नै बुहारीलार्इ फेसबुकमा अश्लील फाेटाे पठाएपछि



काठमाडाै‌ : फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ । प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् । 

 

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् । आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पूर्वडिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् । उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

 

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे । त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।

बुहारी आश्चार्यमा परिन् । अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए । 

 

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् । काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् । 

महाशाखाले उनलाई फोन गर्यो । उनी भूपू डिएसपी भएको पत्ता लाग्यो ।  नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।  गत शुक्रबार उनलार्य महाशाखाले बोलायो र बुहारीलाई पठाएको म्यासेज देखायो ।

यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्