अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिप्रति राजेन्द्र महतोको आपत्ति-‘सङ्घर्ष गर्नुपर्ने समय आयो’



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वरिष्ठ नेता  तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोअधिवक्ता भगवती पाण्डे अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो आज एक विज्ञप्ति  निकाल्दै तामाङ र मगर समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुग्ने गरी विवाहबारे दिएको विवादास्पद अभिव्यक्तिको शान्तिपूर्ण प्रतिरोध गर्दा तथा पाण्डेलाई पक्राउ पुर्जी जारी गरिए पनि पक्राउ नगरी छुट दिइरहेको अवस्थामा तामाङ र मगर राष्ट्रियतासँग सम्बन्धित संस्था एवं व्यक्तिहरूले मिति २०८० साउन १७ गते शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा ४२ जनालाई नियन्त्रणमा लिएको र सयौँ जना उपर निर्घात कुटपिट गरी आदिवासी जनजाति प्रति बर्बरता प्रदर्शित गरेको बताएका छन् ।

अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति जङ्गली, आपराधिक एव कारबाहीको योग्य भएकोले तुरुन्त पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरियोस् भनी जिल्ला प्रहरी कार्यालय,काठमाडौँको टेकुमा शान्तिपूर्ण प्रदर्शन गरेकै कारण तामाङ र मगर समुदायका प्रदर्शनकारीहरू उपर यस्तो दमन घोर भर्त्सना योग्य  रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, अभिव्यक्तिले सिङ्गो मगर, तामाङ लगायतका समुदायलाई आनुवंशिक रूपमा नै अपराधीकरण प्रवृत्तिको भन्नु सामान्य कुरा होइन । यो समाजमा परापुर्वकाल देखि हुर्कँदै गरेको आदिवासी प्रतिको क्षुद्र मनोविज्ञान मधेशी एव आदिवासी जनजाति उपर रहेको दमन अन्याय अत्याचार र आन्तरिक औपनिवेशीकरणको नमुना प्रतिनिधिमुलक मनोवृत्ति हो र प्रहरीको अनावश्यक अत्यधिक दमन पनि एकल नस्लीय बनोट रहेको राज्य संयन्त्रको वास्तविक चरित्र हो । अन्त्य सधैँका लागि आन्तरिक उपनिवेश बनाइएका मधेशी आदिवासी लगायत सम्पूर्ण उत्पीडित समुदाय एकताबद्ध भई सङ्घर्ष गर्नुपर्ने समय आइसकेको छ ।

महतोले स्वाभिमानका खातिर बोल्दा मात्रै प्रहरीको चरम दमनका कारण गम्भीर घायल भई ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा उपचाररत रहेका सबैको शीघ्र स्वास्थय लाभको कामना गर्दै, दोषी उपर कडा कार्यवाहीको माग गरेका छन् । प्रहरीले भागवत पाण्डेलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्