हालान्डको २ गोलमा सिटी विजयी



काठमाडौँ । साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा च्यामपियन सिटीले च्याम्पियनसिपको विजेता बनेर प्रिमियर लिगमा बढुवा भएको बर्नलीलाई ३-० ले पराजित गरेको हो ।

बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा हालान्डले खेलको चौथो मिनेटमै रोड्रीको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै हालान्डले ३६औँ मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । सिटीका लागि तेस्रो गोल ७५औँ मिनेटमा रोड्रीले गरे ।

प्रतिक्रिया दिनुहोस्