हरित प्रदेश याेजना कार्यान्वयन हुँदै



जनकपुरधाम : प्रदेश सरकारले आफ्नाे नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ ।

 

मन्त्रिपरिषदको साेमबार बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेशभरि ५० हजार बिरुवा रोप्ने निर्णय गरेको छ । 

वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुनुहुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाएका छन् । 

स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो ।

 

वृक्षरोपण कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरिरहेका छन् । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्