काठमाडाैं : बझाङमा एक महिलाले झुण्डिएर अात्महत्या गरेकी छन् । थलारा गाउँपालिका-७ अाठबिसका मानबहादुर राेकायाकी श्रीमती गाैमती राेकायाले नजिकैकाे पनाल्देउ जङ्गलमा अात्महत्या गरेकी हुन् । मृतक ५४ वर्षिया गाैमती प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार मानसिक राेगी रहेकाे बताइएकाे छ ।
उनी अाइतबार दिउँसाे करिब २ बजेतिर घाँस काट्न भन्दै डाेकाे र नाम्लाे बाेकेर घरबाट निस्केकी राेकाया राति अबेरसम्म घर नफर्केपछि उनकाे खाेजी शुरु भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक रामसिंह बाेहराका अनुसार उनी साेमबार बिहान करिब ९ बजेतिर पनाल्देउस्थित माैवाकाे रुखमा नाम्लाेलार्इ अाधार बनाएर झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन् ।