नेम्वाङका दुवै छोराले दिए दिवङ्गत बुवालाई श्रद्धाञ्जली



काठमाडौँ । संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्व।सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आए लगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट र कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट बुधवार नेपाल आए लगत्तै  दिवङ्गत बुबालाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनीहरूले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्