
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार चौथो जित हात पारेको छ । शनिवार राती भएको खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेके अल नासरले अल रइदलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको हो ।
अल नासर ३-१ गोल अन्तरले विजयी भएको थियो । रोनाल्डो, साडियो माने र टलिस्काले समान १/१ गोल गरेका थिए ।त्यसै गरि अल रइदका लागि एक सान्त्वना गोल मुहमद फुजायरले गरेका थिए । यो जितसँगै अल नासर ६ खेलबाट १२ अङ्क सहित लिगमा छैटौँ स्थानमा रहेको छ । त्यस्तै, अल रइद भने ६ खेलमा ४ अङ्क सहित पन्ध्रौँ स्थानमा रहेको छ।