
काठमाडौँ । प्रहरीले तीनकुने स्थित गैह्रीगाउँमा भएको चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले आज पक्राउ परेका एक व्यक्तिले चारै जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
सीसीटीभी फुटेजमा देखिएमा एक जना व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ गरेको थियो। ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी रहेको छ ।
यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको जनाइएको छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।तीनकुने स्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको थियो ।