
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह ९रेमिटेन्स० भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिटेन्स २५.८ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । साउनमा ८७ करोड ९८ लाख अमेरिकी डलर बराबर रेमिटेन्स भित्रिएको राष्ट्र बैङ्कले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिटेन्स बढेको हो ।
यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिटेन्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिटेन्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिटेन्स आइरहेको छ । कोभिडपछि गएको दुई आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएको हो ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ३९ हजार १५२ रहेको राष्ट्र बैङ्कले जनाएको छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा १२.१ प्रतिशतले हो ।