रियल मड्रिड स्पेनिस लिगमाको शीर्ष स्थानमा



काठमाडौं । रियल मड्रिडले स्पेनिस लिगमा शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । आइतबार राति रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–१ को जित निकालेको हो ।

न्युक्यासल र स्टक सिटीका पूर्व फरवार्ड जोसुलुले ६० औँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाएका हुन् । फरान गार्सियाको क्रसलाई सदुपयोग गर्दै जोसुलुले रियलका लागि विजयी गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै भाल्भर्डेले घरेलु टोली रियलका लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता पाहुना टोलीले पाँचौँ मिनेटमा बारेनाट्याक्सियाको गोलमा लिएको थियो ।नयाँ क्लबमा आएर पछिल्ला चार म्याचमा ५ गोल गरेका जुड बेलिङ्घमले भने गोल गर्न सकेनन् । जित सहित रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट १५ अङ्क जोडेको छ । सोसिडाड ६ अङ्क सहित ११ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्