इटहरीमा हिन्दु परम्पराअनुसार साँढेको दाहसंस्कार



विराटनगर । इटहरीमा साँढे गोरुको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । इटहरी १२ खनारमा साँढे गोरु मरेपछि मलामीसहित पुगेकाहरूले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो ।

केही समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे गोरु घाइते भएको थियो ।  घाइते भएको साँढे गोरुका उपचारमा लाग्ने सबै खर्च गाडी धनी अग्रवालले नै व्यहोर्दै आएका थिए । गाडीको ठक्करबाट कम्मर भाँचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशु चिकित्सक खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्