
काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ ।समूह एफ अन्तर्गत मङ्गलवार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराएसँगै विजयी सुरुवात गरेको हो ।
पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले दोस्रो हाफमा गोल गरे । एमबाप्पेले ४९औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । अर्को गोल हाकिमीले ५८औँ मिनेटमा भिटिन्हाको पासमा गरे ।
ग्रुप अफ डेथ मानिएको समूह एफकै अर्को खेलमा इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युनाइटेडले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।