अस्ट्रेलियन लिग खेल्न किशोर महतो अस्ट्रेलिया प्रस्थान



काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अस्ट्रेलियन लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनले नेपाल क्रिकेट सङ्घ(क्यान)को अनुमति लिएर फेब्रुअरीसम्मको लागि अस्ट्रेलिया गएका हुन् । उनले अस्ट्रेलियाको दुई वटा लिग खेल्ने छन् । उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अस्ट्रेलिया गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्