
काठमाडौँ । चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ। चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले गुमाएको हो । यसअघि मङ्गलवार भएको समूह‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो।पहिलो सेट २५–२० ले आफ्ना पक्षमा पारेको नेपालले त्यसपछिका लगातार तीन सेट गुमाउँदा हार भोग्न बाध्य भयो। नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार बेहोरेको हो।