ललितनारायण राजवंशी घाइते, एसियन गेम्स गुमाउन सक्ने



काठमाडौँ ।  १९ औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी चोट लागेको छ । ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार उनको दायाँ काँधमा चोट लागेको छ भने आज शल्यक्रिया गर्ने तयारी गरिएको छ। राजवंशीले  एसियन गेम्स गुमाउन सक्छन्। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरु हुँदै छ। प्रतियोगिताको परिवर्तित खेल लतिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै मालदिभ्स र मङ्गोलिया छन्।

प्रतिक्रिया दिनुहोस्