बाँकेको बाल सुधार गृहमा तोडफोड



काठमाडौँ । केको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरूले नै गए राति तोडफोड गरेका हुन् ।

उनीहरूले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेका हुन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

सुधार गृहमा हाल करिब ३ सय जना छन् । सो बाल सुधार गृहबाट २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्