
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका हुन् ।
त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले साममा जानकारी गराएका छन् । प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट आजै चीन प्रस्थान गर्ने र १३ असोजमा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको बताएका छन् । यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि उनले जानकारी दिए ।
संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो प्रमुख राजनीतिक एजेण्डा सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हो । हाम्रो अद्वितीय शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने चरणको निकटमा छौँ ।’