क्यानको अध्यक्षमा चतुर बहादुर र विनयबिच प्रतिस्पर्धा 



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ अध्यक्षमा चतुर बहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ ।  राजभण्डारीले उम्मेदवारी घोषणा गरेसँगै चन्द र विनय राजभण्डारीबिच प्रतिस्पर्धा हुने भएको हो । यससँगै चतुर बहादुर क्यानमा फेरि निर्विरोध हुने सम्भावना टरेको छ।

क्यानको शुक्रवार र शनिवार हुन लागेको चुनावी  साधारण सभामा वर्तमान अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका हुन्। वर्तमान अध्यक्ष चन्दविरुद्धका साथीहरूले मलाई उठ्न भनेपछि चुनाव लड्न लागेको र चन्दले क्यानमा राणा शासकको शैलीमा काम गरेकाले आफू निर्वाचनमा हुमिएको राजभण्डारीले बताएका छन् ।

क्यानको नयाँ नेतृत्व छान्नका लागि निर्वाचन शुक्रवार अपराह्नसम्म हुन सक्नेछ। अध्यक्षमा अहिलेसम्म चन्द र भण्डारीले मात्रै चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।  क्यानको अधिवेशन अन्तर्गत शुक्रवार उद्घाटन र बन्द सत्र गरेर शनिवार मतदान गरिनेछ। ७ सदस्यीय कार्यसमिति छान्न ८६ जनाले भोट हाल्दै छन्। विनय लुम्बिनी प्रदेश क्रिकेट एसोसिएसनका उपाध्यक्ष हुन्। विनय बर्दिया क्रिकेट सङ्घका अध्यक्ष पनि हुन्।

उनी भर्खरै लुम्बिनी प्रदेश क्रिकेट एसोसिएसनको उपाध्यक्ष भएका हुन्। बिनयले नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई केही वर्षअघि ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गर्न आउँदा म्यानेजरका रूपमा काम गरेका थिए। क्यानको  नेतृत्वका लागि नेपाली टोलीका पूर्व कप्तान पारस खड्का पनि मैदानमा छन्। उनी क्यानको सचिव पदमा उठ्दै छन्।

प्रतिक्रिया दिनुहोस्