चीन पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुगेका हुन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम्  १९ औँ  एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो । दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्