क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित 



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द  निर्विरोध चयन भएका छन् । आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्