साफ यू-१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौँ । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले भुटान वा भारतसँग खेल्ने छ ।दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-१ ले हराएको हो ।

नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।प्रशान्तले १६औँ मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो ।

यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।तर ५७ औँ मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।८८औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३-१ ले जिताए ।

प्रतिक्रिया दिनुहोस्