
काठमाडौँ । यु–१९ साफ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई हराएपछि नेपालको प्रतिद्वन्द्वी टुङ्गो लागेको हो ।
समूह एको उपविजेताको रूपमा नेपालले समूह बीको विजेता भारतसँग सेमिफाइनलमा भिड्न लागेको हो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्समाथि ४–१ को शानदार जित सहित सेमिफाइनलमा स्थान बनाएको छ ।
समूह चरणको अन्तिम खेलमा भारतले भुटानलाई २–१ ले हरायो । जित सहित भारत समूह बीको विजेता बन्यो । उसले समूह एको उप विजेता नेपालसँग फाइनल प्रवेशका लागि खेल्नेछ । समूह बीको उपविजेत भुटानले पाकिस्तानसँग सेमिफाइनलमा भिड्नेछ ।