बैङ्किङ कसुर मुद्दामा फरार जासर यादव कसरी बने लोसपा महासचिव ?



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् ।

उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि अर्को मुद्दा पनि छ । धनुषामा उनी विरुद्ध २३ लाख बराबर को चेक बाउनस् गरेको मुद्दा छ । यादव विरुद्ध जिल्ला अदालत धनुषामा दिवाकर झाले मुद्दा हालेका हुन् ।

 यादव हालै लोकतान्त्रिक समाजवादी पार्टीले विस्तार गरेको केन्द्रीय समिति अन्तर्गत महासचिवमा पदमा रहेका छन् । यता उनीमाथि विभिन्न समयमा विभिन्न मुद्दामा लागे पनि यादव भने फरारको सूचिमा रहेका छन् । यादव विरुद्ध यी बाहेक पनि अन्य मुद्दाहरू पनि रहेको पाइएको छ ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्