
काठमाडौँ । सुपर स्टार लियोनेल मेस्सी बिना उत्रेको इन्टर मायामी युएस ओपन कपको फाइनलमा पराजित भएको छ । मियामीलाई २–१ ले हराउँदै ह्युस्टन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ ।
जिफिन डोरसेले खेलको २४ औ मिनेटमा गोल गर्दै ह्युस्टनलाई खेलमा अग्रता दिलाएका थिए । ३३ औं हस्टनले गोलअन्तरलाई दोब्बर पारेको थियो । एमिने बस्सीले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको इन्जुरी समयमा जोसेफ मार्टिनेजले मायामीका लागि गोल फर्काएपनि टोली खेलमा फर्कन सकेन ।
खुट्टामा लागेको चोटका कारण मेस्सीले फाइनल खेलेनन् । मायमी र अजेन्टिनाका लागि गरेर मेस्सीले ४ खेल गुमाइसकेका छन् । एजेन्सी